सेयर बजारमा पहिरो, २१४ कम्पनी राताम्मे

सेयर बजारमा पहिरो, २१४ कम्पनी राताम्मे


काठमाण्डु– आइतबार सेयर बजारमा पहिरो गएको छ । नेप्से ४५.९३ अंक घटेर परिसूचक २६८९ मा कायम भएको छ ।

आज ७ अर्ब ४६ करोडको कारोबार भयो । आज कारोबारमा आएका २७ कम्पनीको मूल्य बढ्दा २१४ को घटेको छ भने ३ को स्थिर रह्यो ।

सबै सेक्टरका सूचक घटेका छन् । लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै ३.०७ प्रतिशत घट्यो ।

बैंकिङ १.८६, विकास बैंक १.०४, फाइनान्स १.८४, होटल तथा पर्यटन १.८१, हाइड्रोपावर १.९८, लगानी १.३३, उत्पादन ०.३२, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा ०.८३, अन्य ०.८१ तथा व्यापार समूह २.१३ प्रतिशत घटे ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, रिभर फल्स पावर, खानीखोला हाइड्रोपावर र बेस्ट फाइनान्स क्रमशः अगाडि रहे ।

खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । दोल्ती पावरको ८.७७, स्वाभिमान लघुवित्तको ७.८९, मोलुङ हाइड्रोपावरको ६.५ प्रतिशत मूल्य बढ्यो ।

मानुसी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन, जोशी हाइड्रोपावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । दिव्यश्वरी हाइड्रोको ७, सुपरमादी हाइड्रोपावरको ६.८८ तथा सान्जेन जलविद्युत्को ६.६८ प्रतिशत मूल्य घट्यो ।