काठमाण्डु– बिहीबार सेयर बजार उकालो लागेको छ । यस दिन नेप्से ३ अंकले बढ्दा परिसुचक २७४३ बिन्दुमा पुगेर रोकियो ।
यसदिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबारको दिन १० अर्बको कारोबार भएको सेयरबजारमा आज १ करोड ५६ लाख कित्ता सेयर किनबेच हुँदा साढे ८ अर्बको कारोबार भएको छ ।
कारोबारमा आएका ८१ कम्पनीको सेयर उकालो लागेको छ भने १५८ कम्पनीको सेयर घटेको छ । यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
कारोबारका आधारमा आज नेपाल रि इन्सुरेन्स कम्पनी (६५ करोड), हिमालय रि इन्सुरेन्स कम्पनी (३८ करोड) र सीइडिबि होल्डिङले (३६ करोड) सर्वाधिक कारोबार गरे ।
यसदि ह्विन नेपाल लघुबित्त,गुँरास माइक्रो लाइफ इन्सुरेन्स र उप्पर हेवाखोला हाइड्रोको सेयर ९ प्रतिशतले बढ्यो ।
आज लाइफ इन्स्युरेन्स, नन लाइफ इन्सोरेन्स, अन्य र ट्रेन्डीङ सुचक बढेका छन् भने फाइनान्स, हाइड्रोपावर, ट्रेन्डीङ सुचक घटेका छन् भने म्युचल फण्ड, बैंकिङ, विकासबैंक, लगानी, होटल एण्ड पर्यटन, निमार्ण , माइक्रो फाइनान्स, लगायतका सबै सुचक घटेका छन् ।




प्रतिक्रिया