सेयर बजारमा १९८ कम्पनी राताम्मे, हिमालय रि इन्सुरेन्सले गर्‍यो १ अर्बको कारोबार

सेयर बजारमा १९८ कम्पनी राताम्मे, हिमालय रि इन्सुरेन्सले गर्‍यो १ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । यसदिन सेयर बजार ३० अंकले घट्यो भने परिसुचक २८४६ बिन्दुमा पुगेर रोकियो ।

यसदिन २ करोड ६३ लाख कित्ता सेयर किनबेच हुदा १२ अर्ब ९४ करोडको कारोबार भयो । आज कारोबारमा आएका ४१ कम्पनीको सेयर बढ्यो भने १९८ कम्पनीको सेयर घट्दा ५ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज कारोबारका आधारमा सर्वाधिक हिमालय रि इन्सुरेन्स एक्लैले १ अर्ब बढीको कारोबार गर्यो ।

यसदिन गार्डियन माइक्रोलाइफको सेयरमा सकारात्मक सर्किट लाग्यो भने समाज लघुबित्तको सेयर १० प्रतिशतले घट्यो ।

यसदिन सबै सुचक घटेका छन् । बैंकिङ १.५, विकास बैंक ०.३९, फाइनान्स २.१०, होटल तथा पर्यटन ०.९७, हाइड्रोपावर १ं.०८, लगानी १.७५, जीवन बीमा ०.६९, उत्पादन २.२१, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा ०.५५, अन्य १.११ र व्यापार ०.०६ प्रतिशत घटे ।