छैठौँ दिन पनि सेयर बजार राताम्मे, कारोबार रकम ८ अर्बमा सीमित

छैठौँ दिन पनि सेयर बजार राताम्मे, कारोबार रकम ८ अर्बमा सीमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– लगातार छैठौँ दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ। यसदिन नेप्से २०.६८ अंकले घटेर २७५१ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ । बजारमा गिरावट पनि नेष्डो लघुवित्तको ९.९८ प्रतिशत, गार्डियन माइक्रो लाइफ इनस्योरेन्सको ८.७३ प्रतिशत, विन नेपाल लघुवित्तको ८.५३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज ४४ कम्पनीको मूल्य बढ्यो भने १९१ वटा कम्पनीको मूल्य घट्यो ।

यस दिन सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीले ७३ करोड ५० लाख ९० हजार रुपैया बराबरको कारोबार गर्यो भने हिमालयन रिइन्स्योरेन्सको ७३ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । एनएलजी इन्स्योरेन्सको ३४ करोड ९८ लाख ४५ हजार रुपैंया, घलेम्दी हाइड्रोको ३३ करोड ४७ लाख ३८ हजार रुपैयाँ, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ३० करोड ४२ लाख ५७ हजार रुपैयाँको कारोबार भयो ।