२६८२ मा झर्यो सेयर बजार, १८३ कम्पनी राताम्मे

२६८२ मा झर्यो सेयर बजार, १८३ कम्पनी राताम्मे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार पनि सेयर बजार राताम्मे बनेको छ । यसदिन नेप्से १४.८८ अंकले घटेर परिसुचक २६८२ बिन्दुमा पुगेर रोकिएको छ ।

आज ९५ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोडको कारोबार भयो । कारोबारमा आएका ५३ कम्पनीको सेयर बढ्यो भने १८३ कम्पनीको सेयर घट्दा ७ कम्पनीको सेयर स्थिर रह्यो ।

कारोबारका आधारमा आज हिमालय रि इन्सुरेन्स र नेपाल इन्फ्राइस्टकचर एण्ड डेव्लपमेन्ड अगाडि रहे । यसदिन मिथिला लघुबित्तको सेयर ९ प्रतिशतले बढ्यो भने सामुदायीक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घट्यो ।

आज होटल तथा पर्यटन (०.१० प्रतिशत), म्यूचल फण्ड (०.०३ प्रतिशत) र व्यापार (०.६० प्रतिशत) बाहेक अरु सुचक राताम्मे रहे ।

यसदिन बैंकिङ ०.५६, विकास बैंक ०.१३, फाइनान्स १.५३, हाइड्रोपावर ०.६७, लगानी ०.४९, जीवन बीमा १.४८, उत्पादन ०.३३, माइक्रोफाइनान्स ०.४३, निर्जीवन बीमा ०.५१ र अन्य ०.५१ प्रतिशत घट्यो ।