काठमाण्डु – बुधबार सेयर बजारमा पहिरो गएको छ । यसदिन नेप्से ३२ अंकले घटेर परिसुचक २६५५ बिन्दुमा पुगेर रोकियो ।
आज १ करोड ८४ लाख कित्ता सेयर किनवेच हुदा ७ अर्ब ५७ करोडको कारोबार भयो ।
कारोबारमा आएका २१७ कम्पनीको सेयर घट्यो भने २८ कम्पनीको सेयर बढ्दा १ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबारका आधारमा यसदिन राधि विद्युत, एनआरएन इन्फ्राइन्सटक्चर, नगाडी ग्रुप अगाडि रहे ।
आज नेपाल माइक्र्रो इन्सुरेन्स र क्रेष्ट माइक्रोलाइफ इन्सुरेन्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने कर्पोरेट डेव्लपमेन्टको सेयर १० प्रतिशतले घट्यो ।
यसदिन मयूचल फण्ड बाहेक सबै सुचक घटे । यो इन्डेक्स ०.२१ प्रतिशतले बढ्यो ।
यस्तै बैंकिङ १.१४, विकास बैंक १,८८ फाइनान्स १.१४, होटल तथा पर्यटन १.११, हाइड्रोपावर १.७५, जीवन बीमा ०.३३ उत्पादन तथा प्रशोधन ०.०८, माइक्रोफाइनान्स १.०२, निर्जीवन बीमा ०.९८, अन्य १.८३ प्रतिशतले घटे ।




प्रतिक्रिया