बढेर २६५८ बिन्दुमा पुग्यो सेयर बजार

बढेर २६५८ बिन्दुमा पुग्यो सेयर बजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

यसदिन नेप्से २ अंकले बढेर परिसुचक २६५८ बिन्दुमा पुगेर रोकियो ।

आज १ करोड ९७ लाख कित्ता सेयर किनवेच हुदा ७ अर्ब ८७ करोडको कारोबार भयो ।

कारोबारमा आएका १६१ कम्पनीको सेयर घट्यो भने ८३ कम्पनीको सेयर बढ्दा १ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबारका आधारमा यसदिन ङादी ग्रुप,राधी विद्युत,एनआरएन इन्फ्राइन्सटक्चर अगाडि रहे ।

आज नेपाल माइक्रो इन्सुरेन्स र क्रेष्ट माइक्रोलाइफ इन्सुरेन्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने नेपाल हाइड्रो डेव्लपर्सको सेयर ७ प्रतिशतले घट्यो ।

यसदिन लगानी र व्यापार सुचक २ प्रतिशतले बढे ।