२६२३ मा झर्यो सेयर बजार, ९ अर्बको कारोबार

२६२३ मा झर्यो सेयर बजार, ९ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार पनि सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से ८ अंकले घटेर २६२३ विन्दुमा पुगेर रोकिएको छ ।

आज २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने बढेको छ ।

मंगलबार ७ अर्ब ५७ करोडको कारोबार भएकोमा बुधबार ९ अर्ब ३७ करोडको कारोबार भएको छ।

बुधबार कारोबारमा आएका १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३७ वटाको घट्दा एक कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबारका आधारमा राधी विद्युतको सर्वाधिक कारोबार भएको छ।

यसदिनऽ अधिकांश सेक्टरका सूचक घटेका छन् । बैंकिङ ०.७०, विकास बैंक १.०६, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.५०, लगानी ०.११, जीवन बीमा ०.०७, उत्पादन ०.७२, निर्जीवन बीमा ०.१८ तथा अन्य १.१६ प्रतिशत घटे । हाइड्रोपावर ०.६१, माइक्रोफाइनान्स ०.०४, व्यापार ०.४० प्रतिशत बढे ।

यसदिन समाज लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ भने भूगोल इनर्जीको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।