पाँचौ दिन पनि घट्यो सेयर बजार, ७ अर्बको कारोबार

पाँचौ दिन पनि घट्यो सेयर बजार, ७ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । नेप्से ८ अंकले घट्दा परिसुचक २६११ अंकमा झरेको छ ।

यसदिन १ करोड ७४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्बको कारोबार भयो । ८२ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने एउटाको स्थिर रह्यो ।

कारोबारका आधारमा सोल्टी होटल, राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप र सानिमा माइ हाइड्रोपावर अगाडि रहे ।

आज ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत र उपकार लघुवित्तको ९.६२ प्रतिशतले बढ्यो भने कर्पोरेट डेभलपमेन्ट बैंकको ८.६५ र जोशी हाइड्रोपावरको ७.०६ प्रतिशतले घट्यो ।

यस दिन होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै ४.९१ प्रतिशत, व्यापार ०.७० प्रतिशतले बढ्याे भने विकास बैंक सेक्टर सबैभन्दा धेरै २.१२ प्रतिशत घट्यो । बैंकिङ ०.३०, फाइनान्स ०.७९, हाइड्रोपावर ०.६५, लगानी ०.०४, जीवन बीमा ०.४१, उत्पादन ०.४५, माइक्रोफाइनान्स ०.०६, निर्जीवन बीमा ०.४० तथा अन्य १.१४ प्रतिशत घटे ।