काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।
आईतबार नेप्से परिसूचक ११ दशमलव ०६ अंकले घटेर २ हजार ६२९ दशमलव ८९ बिन्दुमा कायम भएको छ ।
आईतबार ३१३ कम्पनीको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर ८६ हजार ६३६ पटक खरिदबिक्री भएर ९ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ दशमलव ९३ रुपैयाँको कारोबार भएको छ ।
आईतबार जलविद्युत् समूह १ दशमलव २२ र होटल तथा व्यापार समूह ० दशमलव १२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ १ दशमलव ०५, विकास बैंक ० दशमलव ०६, वित्त ० दशमलव ९१, लगानी ० दशमलव ०८ र जीवन बिमा समूह ० दशमलव ७७ प्रतिशतले घटेको छ ।
उत्पादन तथा प्रशोधन ० दशमलव ७४, लघुवित्त शून्य दशमलव ७०, म्युचुअल फण्ड ० दशमलव १०, निर्जीवन बिमा ० दशमलव ९५, व्यापार ० दशमलव २३ र अन्य समूह ० दशमलव ९९ प्रतिशतले घटेको छ ।
आईतबारको कारोबारमा रिभर फल्स पावर लिमिटेड र पिअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको जनाइएको छ ।
कारोबार रकमका आधारमा आईतबार सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ७२ करोड ९५ लाख १४ हजार ६६० मूल्य बराबरको शेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रूप पावर लिमिटेडको १५ लाख ४७ हजार ६४ कित्ता शेयर किनबेच भएको जनाइएको छ ।




प्रतिक्रिया