२६५५मा पुग्यो सेयर बजार, ११ अर्बको कारोबार

२६५५मा पुग्यो सेयर बजार, ११ अर्बको कारोबार


काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजार सामान्य अंकले उकालो लागेको छ ।

यसदिन नेप्से ०.४७ अंकले बढ्दा परिसुचक २६५५ अंकमा पुगेर रोकिएको छ ।

आज २ करोड ५३ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४४ करोडको कारोबार भयो ।

आज ९० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो ।

कारोबारका आधारमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, बुटवल पावर, राधि विद्युत्, युनिभर्सल पावर रहे ।

आज ग्रिन डेव्लपमेन्टको मूल्य १० प्रतिशत बढ्यो भने पियोर इनर्जी, छ्याङ्दी हाइड्रो, बरुण हाइड्रो, युनियन हाइड्रोको सेयर ९ प्रतिशतले बढ्यो ।

यसदिन उत्पादन समूह सबैभन्दा धेरै १.४७ प्रतिशत बढ्यो । व्यापार १.०८, निर्जीवन बीमा ०.०७ तथा विकास बैंक ०.४८ प्रतिशत बढे ।

बैंकिङ ०.४४, फाइनान्स ०.५९, लगानी ०.७६, जीवन बीमा ०.५४, माइक्रोफाइनान्स ०.३१, होटल तथा पर्यटन ०.०६ तथा अन्य समूह ०.४६ प्रतिशत घटे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।