सेयर बजारले २६ सय अंक कटाउन सकेन, झण्डै ६ अर्बको कारोबार

सेयर बजारले २६ सय अंक कटाउन सकेन, झण्डै ६ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार पनि सेयर बजार ०.३३ अंकले घटेको छ ।

यो सँगै परिसुचक २६००.२० विन्दुमा पुगेर रोकियो ।

आज १ करोड ३७ लाखको सेयर किनवेच हुँदा ५ अर्ब ९४ करोडको कारोबार भयो ।

कारोबारका आधारमा आज बुटवल पावर कम्पनी ५३ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट ३६ करोड, राधी विद्युतले २४ करोड कमाए ।

यस दिन ११२ वटा सेयरको मूल्य बढ्दा १३४ वटाको घटेको छ भने एउटाको स्थिर रहेको छ ।

आज मोदी इनर्जीको ९.९९ प्रतिशत र तेह्रथुम पावर कम्पनीको ९.७७ प्रतिशतले सेयर बढ्दा जोशी हाइड्रोपावरको ९.५१ प्रतिशतले घट्यो ।