काठमाण्डु— मंगलबार सेयरबजारमा उछाल आएको छ ।यसदिन नेप्से ८० अंकले बढेर परिसुचक २९७३मा पुगेको हो ।
यो परिसुचक ११ महिनायताकै उच्च हो । गत २ भदौमा नेप्से ३ हजार अंक पुगेको थियो ।
यसदिन ४ करोड ३५ लाख कित्ता सेयर किनबेच हुँदा २० अर्बको कारोबार भएको छ ।
कारोबारमा आएका २३६ कम्पनीको सेयर बढेको छ भने १४ कम्पनीको घटेको छ ।
कारोबार रकमका आधारमा यसदिन नेपाल रि इन्सुरेन्स कम्पनी, शिभम् सिमेन्ट, हिमालय रि इन्सोरेन्स, बुटवल पावर कम्पनी, र ङादी ग्रुप अगाडि रहे ।
आज ट्रेड टावर, शिभम् सिमेन्ट, सान्भी इनर्जी र को सेयर मूल्य १० प्रतिशतले बढ्योे भने उन्नती सहकार्य लघुबित्त, बिन्दावाशिनी हाइड्रो डेव्लपमेन्टको सेयर ९ प्रतिशतले बढ्योे ।
यस दिन उत्पादन तथा प्रशोधन ४.६३, जीवन बीमा ४.३६ तथा माइक्रोफाइनान्स ४.०७ प्रतिशत बढे ।
बैंकिङ २.१०, विकास बैंक २.२६, फाइनान्स १.९४, होटल तथा पर्यटन ३.४४, हाइड्रोपावर १.९०, लगानी ३.२४, निर्जीवन बीमा २.५६, अन्य ३.२६ तथा व्यापार १.०१ प्रतिशत बढे ।




प्रतिक्रिया