२९८२ मा पुगेर रोकियो सेयर बजार, ४ कम्पनीको मूल्यमा सर्किट

२९८२ मा पुगेर रोकियो सेयर बजार, ४ कम्पनीको मूल्यमा सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको कारोबारको अन्तिम दिन पनि सेयर बजार उकालो लागेको छ ।

आज नेप्से ३.७६ अंकले बढेर परिसुचक २९८२ मा पुगेर रोकिएको छ । यसदिन ३ करोड ८९ लाख कित्ता सेयर किनबेच हुदा १८ अर्बको कारोबार भएको छ ।

कारोबारमा आएका १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२७ कम्पनीको मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा यसदिन राढी विद्युत कम्पनी ( ७७ करोड), ङादी ग्रुप (७१), ग्रिन भेन्चर्स लिमिटेड (६६ करोड), लुम्विनि बिकास बैंक (५४ करोड) र हिमालय रि इन्सुरेन्स (५१ करोड) अगाडि रहे ।

यसदिन ग्रिन भेन्चर्स, ट्रेड टावर, शान्भी इनर्जी र स्विट–गंगा हाइड्रोको सेयर १० प्रतिशतले बढ्यो ।

आज हाइड्रोपावर समूह सबैभन्दा धेरै २.०० प्रतिशत बढ्यो । विकास बैंक १.०६, होटल तथा पर्यटन ०.४६, लगानी ०.२५ तथा व्यापार ०.२८ प्रतिशत बढे ।बैंकिङ ०.६१, फाइनान्स ०.७६, जीवन बीमा ०.२३, उत्पादन तथा प्रशोधन ०.५८, माइक्रोफाइनान्स ०.२३, निर्जीवन बीमा ०.५७ तथा अन्य ०.०९ प्रतिशत घटे ।