२७८५ मा झर्‍यो सेयर बजार, मात्र ६ अर्बको कारोबार

२७८५ मा झर्‍यो सेयर बजार, मात्र ६ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार पनि सेयर बजार ओारालो लागेको छ । यसदिन नेप्से १०.५० अंक घटेर परिसुचक २७८५ अंकमा कायम भएको छ ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ६ अर्ब १६ करोडको भयो ।

कारोबारमा आएका ८९ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने एउटाको स्थिर रह्यो ।

कारोबार रकमका आधारमा आज बलेफी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनी रहेका छन् ।

यसदिन मायाखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५.७४ प्रतिशत बढ्यो भने सिक्लेस हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.२२ प्रतिशत घट्यो ।

यसदिन विकास बैंक समूह ०.३५, फाइनान्स ०.०४ र अन्य ०.०३ प्रतिशत बढे भने व्यापार सबैभन्दा धेरै १.५० प्रतिशत घट्यो । बैंकिङ ०.६९, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.३०, लगानी ०.०२, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.२२ तथा निर्जीवन बीमा ०.२७ प्रतिशत घटे ।