२७६७ मा झर्यो सेयर बजार, ५ अर्बको कारोबार

२७६७ मा झर्यो सेयर बजार, ५ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार सेयर बजार ओरालो लागेको छ । नेप्से ९.७० अंकले घटेपछि परिसूचक २७६७ अंकमा कायम भएको छ ।

अघिल्लो दिन ५ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडको मात्र कारोबार भयो ।

यसदिन ५९ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने २ को स्थिर रह्यो ।

आज कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, चन्द्रागिरि हिल्स, युनाइटेड मोदी हाइड्रोपावर र राधि विद्युत् क्रमशः अगाडि रहे ।

आजैबाट कारोबारमा आएको आएको विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो भने पन्चकन्या माइ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत घट्यो ।

यसदिन होटल तथा पर्यटन समूह २.०३ प्रतिशत बढ्यो भने व्यापार १.०६, बैंकिङ ०.१९, विकास बैंक ०.७६, फाइनान्स ०.५३, हाइड्रोपावर ०.५८, लगानी ०.३९, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.६७, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा ०.५८ र अन्य ०.१० प्रतिशत घटे ।