२७३९ मा झर्यो सेयर बजार, हिमालयन डिस्टिलरीको झण्डै २ अर्बको कारोबार

२७३९ मा झर्यो सेयर बजार, हिमालयन डिस्टिलरीको झण्डै २ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार सेयर बजार ओरालो लागेको छ । नेप्से १८अंकले घटेर परिसूचक २७३९ अंकमा कायम भएको छ ।

अघिल्लो दिन ५ अर्ब २ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५४ करोडको भयो ।

४१ कम्पनीको मूल्य बढ्दा २०८ को घट्यो ।

कारोबार रकमका आधारमा यसदिन हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १ अर्ब ७५ करोडको कारोबार भयो । त्यसपछि धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर र शिवम् सिमेन्ट अगाडि रहे ।

विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो भने नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ७।२९ प्रतिशत घट्यो ।

यसदिन उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटे । सो समूह ०.१५ प्रतिशत बढ्यो । विकास बैंक समूह सबैभन्दा धेरै १.६९ प्रतिशत घट्यो । बैंकिङ ०.८८, फाइनान्स ०.५३, होटल तथा पर्यटन ०.६८, हाइड्रोपावर १.१९, लगानी ०.७८, जीवन बीमा ०.४४, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.५०, अन्य ०.१० तथा व्यापार समूह ०.१९ प्रतिशत घटे ।