काठमाण्डु– सोमबार सेयर बजार उकालो लागेको छ । यसदिन नेप्से १२ अंक बढेको छ भने परिसूचक २७६१ अंकमा कायम भएको छ । आज १४३ कम्पनीको सेयर बढ्दा १०६ कम्पनीको घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो ।
यसदिन कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ६ करोडको कारोबार भएकोमा आज ५ अर्ब १० करोडको भयो ।
कारोबार रकमका आधारमा आज नेपाल रिइन्स्योरेन्स, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्ट्रक्चर र कुमारी बैंक अगाडि रहे ।
यसदिन हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै ६.०७ प्रतिशत बढ्यो भने उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.६८ प्रतिशत घट्यो ।
आज बैंकिङ सबैभन्दा धेरै १.५० प्रतिशत बढ्यो । विकास बैंक ०.५२, फाइनान्स ०.१४, होटल तथा पर्यटन ०.४३, हाइड्रोपावर ०.०८, लगानी ०.१८, उत्पादन तथा प्रशोधन ०.३६, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा ०.३० प्रतिशत बढे । जीवन बीमा स्थिर रह्यो भने व्यापार ०.८५ तथा अन्य ०.०३ प्रतिशत घटे ।




प्रतिक्रिया