बढेर २५४७ मा पुग्यो सेयर बजार, २ सय कम्पनीमा हरीयाली

बढेर २५४७ मा पुग्यो सेयर बजार, २ सय कम्पनीमा हरीयाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार सेयर बजारमा हरीयाली छाएको छ । यसदिन नेप्से ४४ अंकले बढेर परिसुचक २५४७ बिन्दुमा पुगेर रोकियो ।

आज ९९ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९७ करोडको कारोबार भयो ।

कारोबारमा आएका २ सय कम्पनीको मूल्य बढ्यो भने ४४ कम्पनीको मूल्य घट्दा ८ कम्पनीको स्थिर रह्यो ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्राइन्सटक्चर, नेपाल रि इन्सुरेनस, नेपाल पुनर्बीमा, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स अगाडि रहे ।

यसदिन नेपाल माइक्रो इन्सुरेन्स, नेपाल रि इन्सुरेन्स कम्पनी, क्रेष्ट माइक्रोलाइफ र इर्मजिङ नेपालको सेयर मूल्य १० प्रतिशतले बढेका छन् भने कर्पोरेट डेव्लपमेन्टको मूल्य ५ प्रतिशतले घटेको छ ।

अन्य समूह सबैभन्दा धेरै ५.०१ प्रतिशत बढ्यो । बैंकिङ ०.२८, विकास बैंक १.४१, फाइनान्स १.०२, होटल तथा पर्यटन ३.३५, हाइड्रोपावर २.१०, लगानी २.२७, जीवन बीमा १.९२, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.४४ तथा व्यापार समूह २.८१ प्रतिशत बढे ।