काठमाण्डु – हप्ताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसूचक १६.६७ अंकले बढेको छ ।
यसअघि लगातार ३ कारोबार दिन घटेर बन्द भएको नेप्से आईतबार भने बढेर २५०३.८५ बिन्दुमा पुगेर रोकिएको हो ।
यसअघि बिहीबार १८.४० अंकले घटेको नेप्से २४८७.१७ अंकमा झरेर बन्द भएको थियो । यसदिन कुल ३२३ स्टकको २ अर्ब ७९ करोड ११ लाख ८९ हजार रुपैयाँको कुल ६१ लाख ९९ हजार ९०० कित्ता शेयर करोबार भएको छ । यसअघि ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँको ७६ लाख ४३ हजार कित्ता शेयर कारोबार भएको थियो । यस हिसाबले अघिल्लो कारोबारको तुलनामा आईतबार भने कारोबार घटेको छ ।
आईतबार सेन्सेटिभ इन्डेक्स २.१३, फ्लोट इन्डेक्स ०.९८ र सेन्सेटिभ फ्लोट इन्क्डेक्स ०.७२ अंकले बढेको छ । आईतबार आत्मनिर्भर लघुवित्त शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्तको शेयर मूल्य आईतबार प्रतिकित्ता ६०९.९० रुपैयाँले बढेर ६७१० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी यसदिन हिमालयन पावर पार्टनर लिमिटेड र भगवती हाइड्रोको शेयर मूल्य मापन सकारात्मक सर्किट लागेको छ । यसदिन हिमालयन ८०–२० को शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ६.१० प्रतिशतले घटेर १० रुपैयाँमा कारोबार भएको छ ।
यसदिन नेपाल रिइन्स्योरेन्स, हिमालयन डिस्टीलरी, युनियन हाइड्रोको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।




प्रतिक्रिया