२५६६ मा पुग्यो सेयर बजार, साढे ५ अर्बको कारोबार

२५६६ मा पुग्यो सेयर बजार, साढे ५ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बुधबार सेयर बजार ओरालो लागेको छ । नेप्से ५ अंकले घटेर परिसुचक २५६६ मा कायम भएको छ।

यसदिन कारोबार रकम भने बढेको छ । मंगलबार ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४५ करोडको भयो ।

कारोबारमा आएका ८५ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ६ को स्थिर रह्यो ।

कारोबार रकमका आधारमा यसदिन युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, राधि विद्युत् र हिमालयन रिइन्स्योरेन्स अगाडि रहे ।

आज उपकार लघुवित्त र खानीखोला हाइड्रोपावर १० प्रतिशत र मानुषी लघुवित्तको मूल्य ९.९१ प्रतिशत बढ्यो भने पन्चकन्या माइ हाइड्रोपावरको मूल्य ३.६९ प्रतिशत घट्यो ।

यसदिन होटल तथा पर्यटन समूह २.१५, व्यापार २.०० तथा हाइड्रोपावर ०.०१ प्रतिशत बढे भने अन्य समूह १.२० प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.३४, विकास बैंक ०.९१, फाइनान्स ०.७७, लगानी ०.१७, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.२८ तथा निर्जीवन बीमा ०.१९ प्रतिशत घटे ।