सेयर बजारमा उछाल : ९ अर्बको करोबार, ६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

सेयर बजारमा उछाल : ९ अर्बको करोबार, ६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सताको कारोबारको पहिलो दिन सेयर बजारमा हरीयाली छाएको छ । यसदिन नेप्से ३० अंकले बढेर परिसुचक २६३१ बिन्दुमा पुगरेर रोकियो ।

यसदिन कारोबार रकम पनि बढेको छ । गत बिहीबार साढे ७ अर्बको कारोबार गरेको मार्केटले आज ९ अर्ब २० करोडको कारोबार गर्यो ।

आज कारोबारमा आएका २०५ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा यसदिन हिमालयन बैंक (प्रोमोटर)ले मात्र १ अर्ब ६६ करोडको कारोबार गर्यो । यस्तै यूनियन हाइड्रो, बुटबल पावर, राधि विद्युत अगाडि रहे ।

यसदिन ६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक अघुबित्त, गुँरास फाइनान्स, पञ्चकन्या माइ हाइड्रो, पिपुल्स पावर, तेह्रथुम हाइड्रो र गुह्येश्वरी मरचेन्टको सेयर १० प्रतिशतले बढ्यो ।

आज बैंकिङ सूच ४.०२, विकास बैंक ४९.६३, वित्त ११६.०८, होटल ७५.९४, जलविद्युत ३९.९५, लगानी ०.८४, जीवन बीमा ५५६.८६, उत्पादन मुलक ७०.३५, माइक्रोफाइनान्स ६७.८८, समुहिक लगानी कोष ०.०२, निर्जीवन बीमा १४५.७४ र अन्य समूह २९.१४ अंकले बढेका छन् । तर, व्यापार समूह भने ४२.५८ अंक घटेको छ ।