काठमाण्डु – हप्ताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा झरेको छ ।
यसअघि बिहीबारको कारोबारमा नेप्से परिसूचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको थियो ।
नेप्सेसँगै आईतबार कारोबार रकम पनि घटेको छ । गत बिहीबार ५ अर्ब ४१ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको बजारमा आय भने कुल ३२३ स्टकको ४७ हजार २६८ पटकको कारोबारमा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख १९ हजार कित्ता शेयर कारोबार भएको छ ।
आईतबार सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमश: ५.९०, २.४२ र २.२१ अंकले घटेका छन् । आईतबार ३ स्टकको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सकारात्मक सर्किट लाग्नेमा दरमखोला हाइड्रो इनर्जी, माबिलुङ्ग इनर्जी र सागर डिष्टिलरी रहेका छन् ।
दरमखोला हाइड्रोको शेयर मूल्य प्रतिकित्ता ४४.२० रुपैयाँले बढेर ४८६.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ । माबिलुङ्ग इनर्जीको शेयर मूल्य पनि प्रतिकित्ता ४२.२० रुपैयाँले बढेर ४६४.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
आईतबार कारोबारमा आएको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रो पावर कम्पनीको शेयर सर्वाधिक धेरै २७ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयर पनि सर्वाधिक कारोबार भएको छ ।
आईतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९१ प्रतिशत घटेको छ ।
आईतबार बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।




प्रतिक्रिया