हप्ताको अन्तिम दिन नेप्से सामान्य बढेर बन्द

हप्ताको अन्तिम दिन नेप्से सामान्य बढेर बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हप्ताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएर बन्द भएको छ ।

बुधबार २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको नेप्से बिहीबार भने ०.३१ अंकले बढेर २५४४.९१ विन्दुमा उक्लिएको हो ।

नेप्सेमा सामान्य सुधार भएपनि अघिल्लो दिनको तुलनामा यसदिन कारोबार रकम भने घटेको छ । बुधबार ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँको ८४ लाख ४ हजार ६०० कित्ता शेयर किनबेच भएको बजारमा बिहीबार भने कुल ३२९ स्टकको ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँको ७६ लाख ५ हजार ५०० कित्ता शेयर किनबेच भएको छ ।

५० हजार ६२१ पटकको कारोबारमा किनबेच भएको छ । यसदिन सेन्सेटिभ इन्डेक्स ०.१५ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.०४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.०६ अंकले घटेको छ ।

यस दिन माबिलुङ्ग इनर्जी, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमको र रु रु जलविद्युतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबारमा आएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ४.८२ प्रतिशत घटेर १२६४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । यस दिन हिमालयन डिस्टिलरीको करीब १४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने युनियन हाइड्रोपावरको कारोबार रकम १३ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ ।