काठमाण्डु – हप्ताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।
सोमबारको बजारमा ४.२८ अंक घटेर २६४५.२४ विन्दुमा झरेको नेप्से परिसूचक मंगलबार भने ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा झरेको हो ।
मंगलबार सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक घटेको छ ।
सोमबार ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको बजारमा कुल ३२४ स्टकको ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख १० हजार कित्ता शेयर खरिद बिक्री भएको छ । खरिदबिक्री ५६ हजार ९ पटकको कारोबारमा भएको छ ।
मंगलबार ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मंगलबार सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, माबिलुङ इनर्जीं, बुंगल हाइड्रो र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
मंगलबार ग्रिन भेन्चर्स लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९.८५ प्रतिशतले घटेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य पनि प्रतिकित्ता ३.८८ प्रतिशतले घटेको छ । मंगलबार युनियन हाइड्रो पावर, माउन्टेन इनर्जी, नाग्दी ग्रूप पावर लिमिटेड र ग्रिन भन्चर्स लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
१३ उपसमूहमध्ये मगलबार ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक, वित्त, जलविद्युत्, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो । बाँकी उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो ।




प्रतिक्रिया