सेयर बजारमा पहिरो, ५ अर्ब २३ करोडको कारोबार

सेयर बजारमा पहिरो, ५ अर्ब २३ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा २१.४८ अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै यसदिन नेप्से २६०९.६९ विन्दुमा झरेर रोकिएको छ । यसदिन सेन्सेटिभ इण्डेक्स २.७० अंक, फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक घटेका छन् ।

अघिल्लो कारोबार दिन ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको बजारमा यसदिन ३२५ स्टकको ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँको १ करोड ७१ लाख ८६ हजार कित्ता शेयर कारोबार भएको छ । कुल ८९ हजार ७३१ पटकको किनबेचमा उक्त कारोबार भएको हो ।

आजको कारोबारमा ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर घटेको छ र ८ कम्पनीको शेयर स्थीर रहेको छ ।

यसदिन तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । स्वस्तीक लघुवित्त, श्रीनगर एग्रिटेक र झापा इनर्जीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

यसदिन कारोबारमा आएका धेरै स्टकहरुको कारोबार नकारात्मक भएपनि बुङ्गल हाइड्रोको शेयर मूल्य भने सबैभन्दा बढी ८.५१ प्रतिशतले घटेर प्रतिकित्ता ६०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

कारोबार रकमका आधारमा सागर डिस्टिलरी, नाग्दी ग्रप पावर, बन्दिपुर केबलकार र युनाइटेड मोदी हाइड्रोको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ ।

जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.२२ प्रतिशत घटेको छ । यस दिन वित्त, होटल तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।