काठमाण्डु – हप्ताको तेस्रो कारोबार दिन मंगलबार नेपाली शेयर बजारको परिसूचक (नेप्से) सामान्य अंकले बढेर बन्द भएको छ ।
लगातार ६ दिनसम्मको ओरालो यात्रामा पूर्णविराम लगाउँदै नेप्से परिसूचक मंगलबार ७.३९ अंकले बढेर २६१४.०७ बिन्दुमा पुगेको छ ।
ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि मंगलबार ०.३० अंकले बढेर ४४७.०५ विन्दुमा पुगेको छ ।
मंगलबारको कारोबारमा बढेको नेप्से परिसूचकलाई साथ दिँदै बजारमा १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको शेयर मूल्य घटेको छ । ९ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
नेप्सेमा सूचीकृत १३ उपसूचकमध्ये मंगलबार ९ वटा उपसूचकको शेयर मूल्यमा वृद्धि भएको छ भने ४ वटाको घटेको छ । बढेको बजारमा मंगलबार ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
परिसूचक बढे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ । अघिल्लो कारोबार दिनमा साढे ४ अर्बभन्दा माथिको कारोबार भएको बजारमा मंगलबार ३ अर्ब ७५ करोड ५० लाख २७ हजार ७९५ रुपैयाँको मात्र कारोबार भएको छ ।
मंगलबार ३३१ कम्पनीका ८७ लाख ४२ हजार ८४ कित्ता शेयर ६२ हजार ६६५ पटक खरिद बिक्री भएका थिए ।




प्रतिक्रिया