काठमाण्डु– सोमबार सेयर बजार ओरालो लागेको छ । अघिल्लो दिन ४८ अंकले बढेको बजार आज १०.५३ अंकले घट्दा परिसुचक २६२२ विन्दुमा पुगेर रोकिएको छ ।
आज कारोबार रकमपनि घटेको छ । हिजो ५ अर्ब ५३ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ७७ करोडको कारोबार भयो ।
कारोबारमा आएका १६५ कम्पनीको मूल्य घटेको छ भने ८५ कम्पनीको बढेको छ । यस्तै ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
सोमबार एसवाई प्यानल नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशतले घट्यो ।
कारोबार रकमका आधारमा यसदिन एसवाई प्यानलले सर्वाधिक २३ करोडको कारोबार गर्यो ।
आज विकास बैंक र म्युचअल फन्डबाहेक सबै उपसूचकको मूल्य घटेको छ ।सबैभन्दा धेरै अन्य उपसूचक ०.८२ प्रतिशतले घट्यो ।




प्रतिक्रिया