शेयर बजारमा झिनो सुधार, ४.५९ अंकले बढ्यो

शेयर बजारमा झिनो सुधार, ४.५९ अंकले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हप्ताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा झिनो सुधार देखिएको छ ।

अघिल्लो दिन दोहोरो अंकले घटेको बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ४.५९ अंकले बढेर २६४०.५४ बिन्दुमा पुगेर बन्द भएको छ ।

बुधबारको कारोबारमा नेप्से १३.३५ अंकले ओरालो लाग्दै २६३५.९४ बिन्दुमा सीमित भएकोमा बिहीबार झिनो अंकले बढेको छ ।

परिसूचकमा सुधार देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही गिरावट आएको छ । बुधबार ५ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको शेयर खरिद–बिक्री भएकोमा बिहीबार ४ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएका कुल कम्पनीहरूमध्ये १२९ वटाको शेयर मूल्य बढेको छ भने ११५ वटा कम्पनीको मूल्य घटेको छ । बाँकी १५ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन नभई स्थिर रहेको छ । उतारचढावबिच हप्ताको अन्तिम दिन बजारले सकारात्मक लय समातेको छ ।