सेयर बजारमा उछाल : पौने १४ अर्बको कारोबार, १३ कम्पनीको मूल्यमा ‘सर्किट’

सेयर बजारमा उछाल : पौने १४ अर्बको कारोबार, १३ कम्पनीको मूल्यमा ‘सर्किट’


काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजारमा उछाल आएको छ । यसदिन नेप्से ५७.५५ अंकले बढेर परिसुचक २२७२ मा पुगेको छ ।

आज कारोबार रकम पनि बढेको छ । गत बिहीबार ९ अर्बको कारोबार भएकामा आज १३ अर्ब ७८ करोडको कारोबार भयो ।

कारोबारमा आएका २४० कम्पनीको मूल्य बढेको छ भने १९ कम्पनीको मूल्य घटेको छ । यस्तै १ कम्पनीको मूल्य स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा यसदिन आँखुखोला जलविद्युत,ग्रीन भेन्चस शिवम् सिमेन्ट, बन्दीपर केवलकार अगाडि रहे ।

यसदिन १३ कम्पनीको मूल्यमा सर्किट लागेको छ । एसवाई प्यानल, श्रीनगर एग्रिटेक, नेपाल माइक्रो इन्सुरेन्स, बन्दीपुर केवलकार, हिम स्टार उर्जा, रिलायन्स फाइनान्स, आँखुखोला जलविद्युत, त्रिशुली जलविद्युत, माबिलुङ्ग इनर्जी, क्रेष्ट माइक्रो, नेपाल वेर हाउजी, बरुण हाइड्रो र स्वस्तिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यसदिन सबै सूचक बढेका छन् । सबैभन्दा धेरै होटल पर्यटन ३.३५ प्रतिशतले बढेको छ ।