काठमाण्डु– मंगलबार सेयर बजारमा पहिरो गएको छ । यसदिन नेप्से ४२ अंकले घटेर परिसुचक २७३६ मा झरेको छ ।
आज कारोबार रकम पनि घटेको छ । हिजो १६ अर्ब ३५ करोडको कारोबार भएकामा आज १४ अर्ब १६ करोडको कारोबार भएको हो ।
कारोबामा आएका ३४ कम्पनीको मूल्य बढेको छ भने २२४ कम्पनीको घटेको छ । यस्तै २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा यसदिन राधि विद्युत (५७ करोड), एसवाई प्यानल (५७ करोड) , आखुखोला जलविद्युत (५१ करोड), ङादी ग्रुप (३९ करोड), बन्दीपुर केवलकार (३७ करोड) र श्रीनगर एग्रीटेक (३४ करोड) अगाडि रहे ।
यसदिन सप्तकोसी डेव्लपमेन्ट, दरमखोला र मायाखोला हाइड्रोको सेयर ८ प्रतिशतले बढे ।
यसदिन सबै सूचक ओरालो लागेका छन् ।




प्रतिक्रिया