बिहीबार शेयर बजारमा पहिरो, नेप्से ३८ अंकले घट्यो

बिहीबार शेयर बजारमा पहिरो, नेप्से ३८ अंकले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- शेयर बजार बिहीवार उच्च अङ्कले ओरालो लागेको छ । आज नेप्से ३८.६१ अङ्कले ओरालो लागेर २१४८.१६ विन्दुमा कायम भएको हो ।

आज सबै समूहको शेयर घटेकोमा व्यापार, विकास बैंक, जलविद्युत्, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दुई सय १५ वटा कम्पनीको ८५ लाख ६९ हजार कित्ता शेयर तीन अर्ब ७६ करोड ८० लाखमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २५ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

युनाइटेड मर्दी हाइड्रोको शेयर साढे ९ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।