काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।
यसदिन नेप्से २७ अंकले बढेर परिसुचक २७०८ मा पुगेको छ । आज ११ अर्ब ५८ करोडको कारोबार भयो ।
कारोबारमा आएका २०१ कम्पनीको सेयर मूल्य बढ्यो भने ५५ कम्पनीको मूल्य घट्यो । यस्तै ४ कम्पनीको मूल्य सथिर रह्यो ।
कारोबार रकमका आधारमा यसदिन युनियन हाइड्रोपावर, राधि विद्युत,एसवाई प्यानल, आँखुखोला जलविद्युत अगाडि रहे ।
आज कालीन्चोक दर्शन लिमिटेड, सुपर माई हाइड्रोपावर, मोदी इनर्जी, रिडि पावर, खानीखोला हाइड्रो र घलेम्दी हाइड्रोको सेयर १० प्रतिशतले बढ्यो भने सुपर मादी हाइड्रोको सेयर १० प्रतिशतले घट्यो ।
यसदिन व्यापार बाहेक सबै सुचक हरीयाली भएका छन् ।




प्रतिक्रिया