काठमाण्डु– सोमबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । यसदिन नेप्से २६.०५ अंक घटेर परिसुचक २६७२ मा झरेको हो ।
यस दिन २१२ कम्पनीको सेयर मूल्य घट्दा ४६ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यसदिन कारोबार रकमपनि घटेको छ । हिजो ११ अर्ब ५९ करोडको कारोबार भएकोमा आज १० अर्ब ७७ करोडको कारोबार भयो ।
यसदिन खानीखोला र रिडी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो ।
कारोबार रकमका आधारमा यसदिन रिडि पावर, एसवाई प्यानल, आखुखोला हाइड्रोपावर अगाडि रहे ।
यस दिन बैंकिङ १०.६ अंक घटेको छ भने विकास बैंक ७९.०७, वित्त ५८.१३ अंक घटेका छन् ।
त्यसैगरी होटल १०४.२०, जलविद्युत् १९.६१, लगानी ०.९५, जीवन बीमा १२५.४२, उत्पादनमूलक ११४.२०, लघुवित्त ३०.०६, सामूहिक लगानी कोष ०.१०, निर्जीवन बीमा १५९.१७ र अन्य समूह ४६.७५ अंक घटेका छन् । तर, सोमबार नेप्सेमा कारोबार भएको व्यापार समूहमात्र ९.०१ अंक बढेको छ ।




प्रतिक्रिया