१४ अंकले बढ्यो सेयर बजार, कारोबार रकम घट्यो

१४ अंकले बढ्यो सेयर बजार, कारोबार रकम घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार बढेर बन्द भएको छ । यसदिन नेप्से १४ अंकले बढेर परिसुचक २९३५मा पुगेको छ ।

यसदिन कारोबार रकम भने घटेको छ। अघिल्लो दिन १५ अर्बको कारोबार भएकोमा आज १३ अर्बको कारोबार भयो ।

कारोबारमा आएका १७८ कम्पनीको मूल्य बढेको छ भने ८० कम्पनीको घटेको छ । यस्तै ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा यसदिन एनआरएन इन्फ्राइन्सक्चर, एसवाई प्यानल, नेशनल हाइड्रो र रिडी पावर अगाडि रहे ।

यसदिन ५ कम्पनीको मूल्यमा सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रो, होटल फरेस्ट इन,सोलु हाइड्रो र भुजुङ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो ।

आज पञ्चकन्या माई हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै ७ प्रतिशतले घट्यो ।

यसदिन विकास बैक, लाइफ इन्सोरेनस र व्यापार बाहेक सबै सूचक उकालो लागे ।