काठमाण्डु– आइतबार सेयर बजारमा पहिरो गएको छ । यसदिन नेप्से १०५ अंक घटेर परिसूचक २६७६ अंकमा कायम भएको छ ।
बजार घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ८१ करोडको कारोबार भएकोमा आज १२ अर्ब ३८ करोडको भयो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, ङादी ग्रुप, नेसनल हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।
यसदिन ७ कम्पनीको मूल्य बढ्यो, २६१ को घट्यो ।
यस्दिन ६ नयाँ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको मूल्य १० प्रतिशतले बढ्यो भने नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, भूगोल इनर्जी, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, सप्तकोशी विकास बैंक, पियोर इनर्जी र सान्भी इनर्जी र नेपाल पुनर्बीमाको मूल्य १० प्रतिशत घट्यो ।
यसदिन बैंकिङ ३.३२, विकास बैंक ४.३२, फाइनान्स ३.९४, होटल तथा पर्यटन ३.०४, हाइड्रोपावर ४.८४, लगानी ३.३२, जीवन बीमा ३.५९, उत्पादन तथा प्रशोधन १.३३, माइक्रोफाइनान्स ३.४३, निर्जीवन बीमा ३.८६ तथा व्यापार ३.५८ प्रतिशत घटे ।




प्रतिक्रिया