२८ सयमा पुग्याे सेयर बजार, ८ कम्पनीमा ‘सर्किट’

२८ सयमा पुग्याे सेयर बजार, ८ कम्पनीमा ‘सर्किट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार सेयर बजार उकालो लागेको छ । यसदिन नेप्से ४५ अंकले बढेर परिसुचक २८०२ मा पुगेको हो ।

यसदिन कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३१ करोडको कारोबार भयो ।

कारोबारमा आएका २५१ कम्पनीको मूल्य बढ्यो भने १५ कम्पनीको घट्यो । यस्तै २ कम्पनीको स्थिर रह्यो ।

कारोबार रकमका आधारमा यसदिन एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स , शिभम् सिमेन्ट अगाडि रहे।

आज रिलायन्स स्पिनिङ मिल्स, श्री नगर एग्रीटेक, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, सान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।

यसदिन सबै सुचक बढेका छन् । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन, हाइड्रोपावर र होटल सेक्टर बढे ।