टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बुधबार टक्सार पिकुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ ।

कम्पनीले गत वैशाख २३ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ बराबरको २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेको थियो ।

आईपीओमा कुल २९ लाख ४८ हजार ९६६ जना लगानीकर्ताबाट ३ करोड ३७ लाख ४६ हजार २०० कित्ता शेयरका लागि आवेदन परेको थियो । जसमध्ये २७ लाख ७१ हजार २५२ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द गरिएको छ ।

मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथा प्रक्रियामार्फत शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

बाँडफाँटअनुसार २ लाख ५१ हजार ५४५ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । बाँकी रहेको ५ कित्ता शेयर भने सोही आवेदकमध्ये ५ जनालाई थप १ कित्ताका दरले वितरण गरिएको छ ।

यसअनुसार ५ जना लगानीकर्ताले ११ कित्तासम्म शेयर प्राप्त गरेका छन् ।