नेप्से परिसूचक ३०.०८ अंकले बढ्यो

नेप्से परिसूचक ३०.०८ अंकले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ०८ अंकले उकालो लागेर २ हजार ७५४ दशमलव ४८ मा पुगेको छ भने १ दशमलव १० प्रतिशतको वृद्धि हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ६८ अंकले उकालो लागेर ४७१ दशमलव ०६ मा पुगेको छ । कूल ३४६ कम्पनीको १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता शेयर ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ मूल्यमा खरिद बिक्री भयो ।

कारोबारका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । आँखु खोला हाइड्रोपावर, अपि पावर कम्पनी, रिडी पावर कम्पनी र नेशनल हाइड्रोपावर शीर्ष ५ भित्र पर्न सफल भएका छन् ।

अप्पर लोहोरे खोला हाइड्रोपावर, माउण्टेन हाइड्रोपावर, बुङ्गल हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट र सिटी होटलका लगानीकर्ताले बुधबार सर्वाधिक कमाएका छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंक, एसबीएल डिवेञ्चर, प्राइम डिवेञ्चर, बोटलर्स नेपाल बालाजु र नेपाल एसबिआई बैंक डिवेञ्चरका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् । कारोबार भएकामध्ये कूल २४८ कम्पनीको शेयर मूल्य बढ्दा, २१ कम्पनीको भने घटेका छन् ।