२६२१ मा झर्‍यो सेयर बजार, कारोबार रकम बढ्यो

२६२१ मा झर्‍यो सेयर बजार, कारोबार रकम बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार सेयर बजारमा ३० अंकको पहिरो गएको छ । यो सँगै परिसूचक २६२१ अंकमा कायम भएको छ । यसदिन कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ८२ करोडको भयो ।

कारोबारमा आएका २५ कम्पनीको मूल्य बढ्दा २४७ को घट्यो भने ५ को स्थिर रह्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, सानीगढ हाइड्रो, कालंगा हाइड्रो, सिटी होटल क्रमशः रहे ।

स्नो रिभर्सको मूल्य सबैभन्दा धेरै ४.३९ प्रतिशत बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको १३.४१, उपकार लघुवित्तको १०.६९, सानीगढ हाइड्रोको ६३.६ तथा सपोर्ट माइक्रोफाइनान्सको मूल्य ६.३२ प्रतिशत मूल्य घट्यो ।

सबैजसो समूहगत सूचक घटेका छन् । बैंकिङ १.१८, विकास बैंक १.४६, फाइनान्स १.४३, होटल तथा पर्यटन १.२९, जलविद्युत् १.७०, लगानी ०.३९, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन १.१३, माइक्रोफाइनान्स ०.८१, निर्जीवन बीमा १.०७, अन्य १.१५ तथा व्यापार ०.२१ प्रतिशत घटे ।