प्रि-ओपन सेसनमा नेप्से उकालो लाग्यो


काठमाण्डु- प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा ९.५३ अंकले बढेर १९७३ विन्दुमा आएको छ । यससँगै २९ कम्पनीको २ हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ६२ हजार १९२ रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल २४ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ । यता, १३ उपसुचकहरु मध्ये ८ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement