शेयर बजारमा झिनो अंककाे गिरावट


काठमाण्डु- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार झिनो अंकले घटेको छ । आज नेप्से ०.८० अंकले घटेर दुई हजार ९६ दशमलब ९६ विन्दुमा पुगेको छ । आइतबार नेप्से २८.३८ अंकले बढेर दुई हजार ७७ दशमलब ७६ विन्दुमा भएको थियो ।

नेप्से बढेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज तीन अर्ब ७९करोड ७९ लाख बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा तीन अर्ब ४ करोड २५ लाख बराबरको कारोबार भएको थियो ।

बजारमा कारोबार भएका १०१ कम्पनीको शेयरमूल्य बढेको छ भने १२२ कम्पनीकोे शेयरमूल्य घटेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३६४ दशमलव ८० रुपैयाँ पुगेको छ ।

आज सबैभन्दा बढी हिमालयन हाइड्रोपावर र सिटि होटल्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दाबढिले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज ३१ करोड १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement