काठमाण्डु – शेयर बजार परिसूचक (नेप्से) आज सोमबार ५ अंकले बढेको छ ।
आइतबार २० अंकभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से सोमवार ५ दशमलव ०९ अंकले बढेर १ हजार ९९८ दशमलव ४८ विन्दुमा पुगेको छ ।
सोमबार जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स र अन्य समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ । सोमबार सबैभन्दा धेरै कुथेली बुखारी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा लक्ष्मी सनराइज बैंक र सिटी होटलको शेयर साढे ४ प्रतिशतले बढेको छ ।
सोमवार सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको शेयर झण्डै साढे ४ प्रतिशतले घटेको छ ।
सोमबार कारोबार रकम ३ महिनायताकै कम भएको छ । गत जेठ ११ गतेयता सोमबार पहिलो पटक शेयर बजारको कारोबार १ अर्ब रुपैयाँभन्दा कममा सीमित भएको छ ।




प्रतिक्रिया