सेयर धितो कर्जाको सीमा बढ्याे, अधिकतम १५ करोडसम्म कर्जा पाइने

सेयर धितो कर्जाको सीमा बढ्याे, अधिकतम १५ करोडसम्म कर्जा पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल राष्ट्र बैंकले सेयर धितोमा जारी हुने कर्जाको एकल ग्राहक सीमा बढाएर १५ करोड रूपैयाँ पुर्‍याएको छ। जसअनुसार अब कुनै व्यक्तिले सेयर धितोमा अधिकतम १५ करोड रूपैयाँसम्म कर्जा पाउने भएको हो।

हाल यस्तो सीमा अधिकतम १२ करोड रूपैयाँ तोकिएको छ। साथै, अब व्यक्ति र संस्थालाई अलगअलग सीमा लाग्ने भएको छ। अब संस्थाले एक बैंक वा पूरै बैंकिङ प्रणालीबाट २० करोड रूपैयाँसम्म कर्जा पाउने भएको छ। राष्ट्र बैंकले गत वर्ष कात्तिकबाट लागू हुने गरी सेयर धितो कर्जामा एकल ग्राहक कर्जा सीमा तोकेको थियो।

एक ग्राहकले एउटा बैंकबाट चार करोड र पूरै प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म कर्जा पाउन सकिने व्यवस्था गरेको थियो। तर केही महिनाअघि चार करोडको सीमा नै हटाएको थियो।