आज पनि घट्यो नेप्से

आज पनि घट्यो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शेयरबजार कारोवार हुने हप्ताको अन्तिम दिन आज पनि बजार सामान्य घटेको छ । आज नेप्से  शून्य दशमलव ६२ अङ्कले घटेर दुई हजार आठ सय ७५ दशमलव ९७ विन्दुमा झरेको छ ।

आज व्यापार, जलविद्युत् र जीवन बीमाबाहेक अरू सबै समूहको शेयर घटेको छ । आज बैंकिङ समूहको शेयर दुई अङ्कले घटेको छ । यस्तै विकास बैंक समूहको १२, होटलको तीन, फाइनान्सको ३६, माइक्रोफाइनान्सको १८, निर्जीवन बीमा समूहको ६ र अन्य समूहको शेयर २२ अङ्कले घटेको छ ।

आज दुई सय ३० वटा कम्पनीका एक करोड ४४ लाख ७४ हजार कित्ता शेयर सात अर्ब पाँच करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै रिडी हाइड्रोको ४९ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।