आर्थिक समस्यामा परेका नागरिकलाई सहयोग गर्न देउवाको निर्देशन

आर्थिक समस्यामा परेका नागरिकलाई सहयोग गर्न देउवाको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पीसीआर परीक्षण बढाउन र आईसीयू तथा भेन्टिलेटरसहित बेडको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै सभापति देउवाले देशमा कोरोना संक्रमण व्यापक बढेको भन्दै आइसियु बेडसहित भेन्टिलेटरको अभाव भइरहेको तर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका हुन् ।

उनले सरकारसामू ११ बुँदे माग अघि सार्दै सीमा नाकाबाट आएकाहरूमा परीक्षण बढाउन र उनीहरूलाई होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाउन, स्वास्थ्य कर्मी, सुरक्षाकर्मीलाई जोखिम भत्ताको व्यवस्था तत्काल गर्न आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले केन्द्रदेखि गाउँसम्मका पार्टीका सबै संरचनालाई कोरोना विरुद्धको सचेतना अभियानमा परिचालन गर्न निर्देशन दिएका छन् । यस्तै उनले आर्थिक समस्यामा परेकाहरूलाई सहयोग गर्न अभियान चलाउनसमेत पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।