काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार घटेर बन्द भएको छ ।यस दिन बजार १५.९३ अंकले घटेर परिसुचक २७३४ अंकमा पुगेर रोकियो ।
आज १ करोड ६७ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोडको कारोबार भयो ।आज कारोबारमा आएका २०१ कम्पनीको सेयर घट्दा ४० कम्पनीको बढ्यो भने ३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
आज कारोबारका आधारमा नेपाल फाइनान्सले सर्वाधिक ४२ करोडको कारोबार गर्यो । आज खानिखोला हाइड्रो, सुपर माथि हाइड्रो र मानुषी लघुबित्तको सेयर ९.९८ ९.९५ र ९.८१ प्रतिशतले बढ्यो ।




प्रतिक्रिया