काठमाण्डु–साताको कारोबारको पहिलो दिन सेयर बजार ११ अंकले उकालो लागेको छ । यस दिन परिसुचक बढेर २७५५ बिन्दुकमा पुगेको छ ।
आज २ करोड कित्ता सेयर किनबेच हुदा ११ अर्ब ५४ करोडको कारोबार भएको छ ।
यसदिन कारोबारमा आएका ९१ कम्पनीको सेयर बढेको छ भन १४८ कम्पनीको सेयर घटेको छ । यस्तै ४ कम्पनीको सेयर कारोबार स्थिर रहेको छ ।
यस दिन कारोबारका आधारमा हिमालय रि इन्सुरेन्स एक्लैले झण्डै १ अर्बको कारोबार गर्यो । आज हिमालय रि इन्सुरेन्सले ९५ करोडको कारोबार गर्दा सिटिजन लाइफ इन्सुरेन्सले ६१ करोड र नेपाल रि इन्सुरेन्स कम्पनीले ६० करोडको कारोबार गरे ।
यसदिन गार्डियन माइक्रो लाइफको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
आज विकासबैंक,फाइनान्स, हाइड्रोपावर, होटल एण्ड पर्यटन, माइक्रो फाइनान्स र ट्रेन्डीङ सुचक घटे भने बैंकीङ, लाइफ इन्स्युरेन्स, नन लाइफ इन्सोरेन्स, ट्रेन्डीङ, म्युचल फण्ड, बैंकिङ, लगानी, निमार्ण, लगायतका अन्य सुचक बढेका छन् ।




प्रतिक्रिया