काठमाण्डु– बिहीबार पनि सेयर बजार झिनो अंकले ओरालो लागेको छ । यसदिन बजार २.७० अंकले घट्यो भने परिसुचक २८१८ बिन्दुमा पुगेर रोकियो ।
यसदिन १ करोड ९० लाख कित्ता सेयर किनबेच हुदा १० अर्ब १० करोडको कारोबार भयो । आज कारोबारमा आएका ९९ कम्पनीको सेयर बढ्यो भने १३२ कम्पनीको सेयर घट्दा १२ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज कारोबारका आधारमा सर्वाधिक हिमालय रि इन्सुरेन्सले १ अर्ब १२ करोड र नेपाल रि इन्सुरेन्सले १ अर्बको कारोबार गर्यो ।
यसदिन गार्डियन माइक्रोलाइफ, भूगोल इनर्जी, उपकार लघुवित्त र राप्ति हाइड्र्रोको सेयरमा सकारात्मक सर्किट लाग्यो भने नविल डिभेन्चर ०८२ को सेयर १० प्रतिशतले घट्यो ।




प्रतिक्रिया