२६१४ मा पुग्यो सेयर बजार, १२० कम्पनीमा हरीयाली

२६१४ मा पुग्यो सेयर बजार, १२० कम्पनीमा हरीयाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ । यसदिन नेप्से ४ अंकले बढ्दा परिसुचक २६१४ विन्दुमा आएर रोकिएको छ ।

आज २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७४ करोडको कारोबार भएको छ । कारोबारमा आएका १२० कम्पनीको सेयर बढेको छ भने १२६ कम्पनीको सेयर घटेको । यसदिन हाइड्रोपावर सेक्टरले सर्वाधिक कारोबार गर्यो ।

कारोबारका आधारमा यसदिन सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, राधि विद्युत, युनिभर्सल पावर कम्पनी अगाडी रहे । ति कम्पनीले क्रमसः ९२ करोड, ६७ करोड,३८ र ३६ करोड कमाए ।

आज नेपाल माइक्रो इन्सुरेन्स (१० प्रतिशत) , क्रेष्ट माइक्रो इन्सुरेन्स, ओम मेघा श्री फर्मास्युटिकल्स र रिढि पावरको सेयर ९ प्रतिशतले बढ्यो । यस्तै विन नेपाल लघुबित्तको सेयर मूल्य १० प्रतिशतले घट्यो ।

यसदिन हाइड्रोपावर, लाइफ इन्सुरेन्स, उत्पादन, निर्जीवन बीमा र व्यापार सेक्टर बढे भने बैंकिङ , विकास बैंक, फाइनान्स ,होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, म्युचल फण्ड र अन्य इन्डेक्स ओरालो लागे ।